शिक्षासमाचारस्थानीय

झापामा छात्रबृत्ति कार्यक्रम संम्पन्न

बिर्तामोड ।  झापाली समाज अमेरिकाको अगुवाई र अन्तर्राष्ट्रिय झापाली समाज, बिभिन्न देशका राष्ट्रिय संघहरू, च्याप्टरहरू र विश्वमा छरिएका रहेका संम्पूर्ण झापालीहरू मध्ये केहीको सहभागिता / प्रायोजनमा  दमक र  बिर्तामोडमा झापा भरीका ८ वटा नगर पालिका र ७ वटा गाउंपालिका स्थित बिभिन्न बिध्यालयका जेहन्दार तथा अध्ययनलाई निरन्तरता दिन कठिनाई झेलिरहेका बिध्यार्थिहरूलाई छात्रबृत्ति वितरण कार्य पुरा भएको छ ।

यो परियोजना अन्तर्गतको छात्रबृत्ति बितरण कार्यमा नेपाल स्थित झापा विकास मञ्चको संलग्नता पनि रहेको थियो भने नेपाल शिक्षक संघ र स्थानीय बौद्धिक वर्गको पनि राम्रो सहभागिता रहेको थियो । यसै पटकदेखि नै अन्तर्राष्ट्रीय झापाली समाजका अध्यक्ष महेन्द्र चौंलागाईंले १० जना र स्थानीय प्रायोजक ३ जना गरी कूल १३ जना नयां बिध्यार्थिहरू थप भएका छन् । छात्रबृत्ति प्राप्त गर्ने कूल बिध्यार्थिहरूको संख्या भने ८२ रहेको छ । सो छात्रबृत्तिको रकम सके सम्म प्रायोजककै हातबाट र सो संभव नभए उहांहरूको परिवार वा प्रतिनीधिहरूको हातबाट दिने प्रयत्न गरीएको थियो ।

यसै क्रममा अ. झा. स.का अध्यक्ष महेन्द्र चौंलागाईंका तर्फबाट उहांका माता- पिता लोकनाथ चौलागाईं तथा माता डिकुरादेवी चौंलागाईंले छात्रबृत्ति प्रदान गर्नु भएको थियो भने सोही अवसरमा, लामो समयदेखि सामाजिक कार्यमा संलग्न रही उल्लेखनीय योगदान दिनु भए वापत उहांहरूलाई सम्मान – पत्र र खादा लगाई सम्मान गरीएको थियो । यसै गरी, अर्का एक मुष्ट रकम प्रायोजन गर्ने झा. स . यु. एस. ए.का निबर्तमान अध्यक्ष यमुना भट्टराईका तर्फबाट उहांका दाजु शुकदेव बराल र झापाली समाज यु. एस. का कोशाध्यक्ष प्रसन्न सॅग्रौलाका तर्फबाट उहांका दिदी शर्मीला डांगी जोशीले बिध्यार्थिहरूलाई छात्रबृत्तिको रकम हस्तान्तरण गर्नु भएको थियो भने अ. झा. स. का वर्तमान सल्लाहकार तथा निवर्तमान अध्यक्ष मुकुन्द ढुंङ्गाना स्वयम् ले वितरण गर्नु भएको थियो । साथै दमकको सन राईज मोडेल बिध्यालय बिर्तामोडको श्री ड्रीमल्याण्ड पार्क, बिर्तामोडमा संम्पन्न कार्यक्रममा मुकुन्द ढुङ्गाना, ( अन्तर्राष्ट्रिय झापाली समाज – सल्लाहकार ) सीता पाण्डे,( झापाली समाज यु . एस.ए.- महा सचिब / अ. झा. स.- महिला उपाध्यक्ष ) रामनाथ मैनाली ( झापा बिकास मञ्च- उपाध्यक्ष ), धर्मराज मैनाली ( झापा बिकास मञ्च- महा सचिव) र शिक्षाबिद्- समाजसेवी जय नारायण ढुंगाना तथा अन्जना ढुगाना लगायत स्थानीय संघ- संस्थाका प्रतिनीधिहरूले पनि बोल्नु भएको थियो । उक्त दुबै स्थानमा स्थानीय संघ- संस्थाका प्रतिनीधि, शिक्षण संस्थाका प्रतिनीधिहरूको राम्रो सहभागिता सहभागिता रहेको थियो भने सबैमा बिध्यार्थिहरू, शिक्षकहरू, अभिभावक र उपस्थित सबैमा उत्साह र उत्सुकता देखिन्ऱ्यो ।