निर्वाचन सम्बन्धि सूचना प्रवाहमा झापा १ व्यवस्थित बन्दै

भद्रपुर । झापाका ५ वटा निर्वाचन क्षेत्र मध्ये झापा १ को निर्वाचन अधिकृतको कार्यालय मतगणना तथा सूचना प्रवाहमा व्यवस्थित देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा ३ को निर्वाचन कार्यालय मतगणना तथा सूचना प्रवाहमा निकैपछि देखिएको छ ।

झापा ५ को निर्वाचन कार्यालय पनि सूचना प्रवाहमा सचेत तथा वयवस्थित देखिएको छ भने २ र ४ पनि अपेक्षाकृत सूचना प्रवाहमा कमजोर देखिएका छन् ।

मुख्य निर्वाचन कार्यालयले मतगणना स्थलसम्म सञ्चारकर्मीको प्रवेशलाई पूर्ण रूपमा रोकेको छ भने अन्य क्षेत्रका निर्वाचन कार्यालयमा मतगणना स्थलसम्म सञ्चारकर्मीको पहुँच सरल रहेको पाइएको छ ।