मतदाताको घरदैलोमा पुगेर सिटौला आफ्नो योगदान सम्झाउँदै

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राज्यका लागि आवश्यक पर्दा आफूले महत्वपूर्ण योगदान दिएको स्मरण गर्न मतदातासित अनुरोध गरेका छन् ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासित भेटघाटमा रहेका सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको भन्दै झापा ३ को उन्नतिका लागि पूर्वपश्चिम हुलाकी सडक, उत्तरदक्षिण मेची राजमार्ग निर्माण पनि आफ्नै पहलमा सम्पन्न भएको प्रष्ट पारेका छन् ।

सिटौलाले भर्ने चुनावमा म यहाँबाट निरन्तर उम्मेदवार छु । तर मैले चुनाव जितेको जम्मा तीनपल्ट हो । पूर्ण रूपमा निर्वाचित भएको मध्यावधि २०५६ मा र दोस्रो संविधानसभामा मात्र हो, विभिन्न परिस्थितिका कारण पूरा कार्यकाल बिताउने अवसर मिलेन । तर पनि यस क्षेत्रको विकासका लागि ग्रामीण सडक, खानेपानी, कृषि सडक सञ्जालका लागि बनियानी पाठामारी, केचना रिङरोड, पथरिया घेरावारी, जलथल सडक जस्ता आधादर्जन बढी सडक सञ्जाल आफ्नै कार्यकालमा सुरू गरेर निर्माण सम्पन्न नहुञ्जेल खवरदारी गरेको स्पष्ट पारेका छन् ।

उनले भने —यहाँ मेरो प्रतिस्पर्धामा एमाले छैनन् पनि । तर यसपालि पनि किन एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको हो, मलाई एकदमै अचम्म लागेको छ । झापाबाट जन्मेको पार्टी हो एमाले । लामो संघर्ष, बलिदान भएको पार्टी हो । हामी निरंकुश पंचायतका मानिसहरूलाई मण्डले भन्थ्यौं । मण्डलेबाट दमन भोगेकै पार्टी हो एमाले । २०४६ सालदेखि २०६२–६३ को आन्दोलनमा समेत भद्रपुरमा सयौं मानिस घाइते भए । दुई जना त शहीद नै भए । यस्तो सहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती किन दोहो¥यायो, मलाई आश्चर्य लागेको छ । यो संविधानको जग भनेको गणतन्त्र हो भन्दै सिटौलाले हटिसकेको राजतन्त्रको वकालत गर्नेहरू अग्रगमनका विरोधी भएकोले उनीहरूलाई मतदान गर्न नहुने धारणा राखेका छन् ।

सिटौलाले —२००७ सालको परिवर्तनको मौलिक उपलब्धि भनेको लोकतन्त्र थियो । त्यस्तै अहिले २०६३ को परिवर्तनको मौलिकता चाहिं गणतन्त्र हो भन्दै यत्रो परिवर्तन ल्याउन भूमिका खेल्ने शक्तिले राजतन्त्र पक्षधरलाई पटक–पटक बोक्नु राम्रो नभएको प्रष्टपारेका छन्

उनले —गणतन्त्रले के दिन्छ भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेकाले अव कानुनहरू बनाएर जनताले संवैधानिक व्यवस्थाबाट हामीलाई आर्थिक प्रगति भो, सामाजिक सांस्कृतिक प्रगति भो भन्ने महसुस गर्न पाउनु पर्ने बताएका छन् ।

सिटौलाले —यो पल्टको चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा यही हुने भन्दै एमाले र माओवादी एकताबद्ध भएर ठूलो कम्युनिस्ट बनाए पनि उनीहरूको आन्तरिक खैलाबैलाले देशमै समस्या आएकोले देशले प्रगति हासिल गर्न नसकेको स्पष्ट पारेका थिए ।

सिटौलाले दोश्रो संविधान सभा अन्र्तगत संसद जितेयता झापा क्षेत्र नम्वर ३ ले हुलाकी सडकको पूर्वपश्चिम ट्रयाक भद्रपुर राजगढ सडक, मेची राजमार्ग अन्र्तगत चारआली केचना सडक, घेरावारी जलथल सडक, पथरिया बगान घेरावारी कृषि सडक, जलथल अधिकारी दल्की सडक, बालुवाडी बनियानी ग्रामिण सडक, बनियानी पाठामारी, केचना रिङ रोड लगायत दर्जन बढी राजमार्ग तथा भित्री सडकका काम सम्पन्न भएका थिए भने पथरिया मावि भवन, हिमाली मावि भवन, विभिन्न सामुदायिक भवनदेखि तत्कालिन गाविसका सवै भवनहरू निर्माण, पुनरनिर्माणका योजना सम्पन्न गराएका सिटौलाले पछिल्लो चिर्वाचनमा पराजित भएपछि उनका पालाामा निर्माण थालिएका दर्जनौ आयोजना अहिलेसम्म अलपत्र छन् ।

झापा सदरमुकाम दक्षिणको उन्नति प्रगतिमा महत्वपूर्ण भूमिका निभाउने सडक, सिञ्चाइ, सामुदायिक भवन खानेपानी आयोजना, विद्यालय भवन लगायतका दर्जनौं आयोजनाका लागि विगतका सरकारले पठाउनु पर्ने रकम निकासा नगर्दा अलपत्र परेका थिए । रकम पनि नपठाउने र स्थानीयका पीडा पनि नसुन्ने निरन्तरताका कारण नागरिकमा निरासा उत्पन्न हुन पुगेको छ । दोस्रो संविधान सभा निर्वाचनबाट सांसद बनेकाका काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ को विकासमा बेवास्ता गरेको हल्ला मच्चाएर राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले २०७४ को निर्वाचन जिते तर, निर्वाचित भएपछि लिङदेन अलपत्र आयोजना हेर्न समेत गएका छैनन् । सिटौला पराजित संसद भएकै कारण आफ्नो बोली बिकाउन सक्ने अवस्थामा थिएनन् । जसको असर झापा ३ मा जनसरोकारका रूपमा रहेका दर्जनबढी आयोजनामा परिरहेको छ ।