प्रतिनिधि सभाको नयाँ समिकरण
भद्रपुर २३ फागुन । सर्वोच्च अदालतको २३ फागुनको निर्णले नेकपाको एकीकरण खारेजी गरेको छ । सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा नेकपाको एकीकरण खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँताइदिएको हो ।
संसदमा आठ पार्टीको उपस्थिति रहेपनि चार पार्टीले संख्याको आधारमा संसदीय दलको मान्यताबाट बन्चित रहनु परेको अवस्था छ । अव दलका हिसावले संसदमा चार वटा दल मात्र अस्तित्वमा आएका छन् । संसदमा २ सांसद भएका दलले संसदीय दल गठन गर्न पाउँछन् । संसदीय दल गठन गर्न नपाएका राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १–१ र १ जना स्वतन्त्र सांसद छन् । संसदमा अब चार वटा दल नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी संसदीय दलका रुपमा अस्तित्वमा रहने भएका छन् ।
प्रतिनिधि सभामा पूर्वएमालेकोे प्रत्यक्षतर्फ ८० सिट जितेको थियो भने समानुपातिक तर्फ ४१ सिट गरी १२१ सिट रहेकोमा सांसद सानु शिवाको निधन भएकाले पूर्वएमालेको अहिले संसदमा १२० सिट छ ।
यसैगरी नेपाली कांग्रेसको प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरी ६३ सिट जितेकोमा विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट रहेको छ । यता जनता समाजवादी पार्टीको एकीकरण पछि अहिले ३४ सांसद छन् । एकीकरण अघि राजपाका १७ र समाजवादी पार्टीका १७ सांसद रहेका थिए । जनता समाजवादीका हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने रेशम चौधरी जेलमा रहेका छन् ।
अहिले गणितीय हिसावले २७१ सांसदकोे प्रतिनिधि सभामा २६६ सांसदको मात्र उपस्थिति रहेको देखिन्छ ।
जे भए पनि यसरी कायम हुन पुगेको संसदबाट चार तरिकाले सरकार बन्न सक्छ । पहिलो, एमाले ९१२१० र कांग्रेस ९६३० मिलेर प्रतिनिधि सभामा बहुमत ९१३८० पुग्छ । दोस्रो, एमाले र जनता समाजवादी ९३४० मिलेर पनि बहुमत पुग्छ । तेस्रो, एमाले र माओवादी केन्द्र ९५३० मिलेर पनि बहुमत पुग्छ । चौथो, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेर पनि सरकार बन्न सक्छ ।