‘नेपाल’ कठै ! बाँदरहरुका हातमा परेको नरिवल !!

—व्यंग्यनारान पाँडे—

आज विहान, बिहारको दूरदेहाततिरका मन्दिरमा त्यस मौजाको हुकुमी चौधरीका कृपाबाट ‘पुजारी’-मा नियुक्त भएपछि ‘पण्डित’-को दर्जा पाएको साउँ–अक्षरसम्म चिन्ने योग्यता(?)-को लम्फुले सुनेको भरमा मुखाग्र रुद्री वा हनुमान चालिसा पढे झैं, कोरोना भाइरसले दैनन्दिन गरिहेको निर्बिध्न प्रगतिको ‘अपडेट’ रेडियो नेपालबाट सुनिरहेको थिएँ म । त्यो अपडेट स्वास्थ्य मन्त्रालयबाट नियुक्त बाचक डाक्टर जागेश्वर गौतम भन्ने मान्छेको स्वरमा प्रसार भइरहेको थियो । यो २०७७ असार ९ गतेको कुरो हो । र, ती गौतम महाशयले, माथि भने झैं पुजारी–शैलीमा, भनिरहेको ‘अपडेट’ सुनेर म भित्रभित्रै खिन्न हुँदै, कुत्कुतिंदै र विदीर्ण हाँसो मुस्काउँदैथें । हुन त स्वास्थ्य तथा जनसंख्या मन्त्री कमरेड भानुभक्त ढकालको हर्दम ढुँडी परेको जस्तो, देख्तै मन गल्ने अनुहार र कसैको नभएको रुखो बोली–व्यवहारसँग ती डाक्टर मान्छे ‘छानिएकै’ सुहाउँदिलो होलान् नै ।

ए…. मलाई हेप्नी ? मलाई मागिखाने देख्यौ ? …..लाखेस् न म तपइँलाई एउडी ला’र आर्को किस्न बादुर मोरा नबनाई छोडें भने म एउडा बाऊको छोरै होइन । देखाइदिउँ मेरो पाओर कति……”

म के–के सम्झनामा लहरिएछु ! ……. उहिले झापाली पञ्च–समाजमा एकजना हार्डलाइनको पञ्च हूँ भनेर गौरव गरी नअघाउने पञ्च थिए–पदम बराल एम.ए. ! उनी, हिउँदमा त ठीकै होला, वर्षायामको प्रचण्ड रापिलो झापाली गर्मीमा पनि बाक्लो घरबुना खाँडीको दौरा–सुरुवालमथि हेलम्बुमा भेडाको भुत्लाका सुत्लाले बुनिएको कपडाबाट तैयार कोट, चुच्चो ढाकाटोपी, उनी धागोले बुनेको उस्तै बाक्लो मोजा र लेस कस्ने कालो जुत्तामा हुन्थे । उनको कोटका दुई कल्दरमा राजा–रानीका तस्वीरअंकित व्याज हुन्थे । उनी २४ घण्टामा झन्नै १४ घण्टा अञ्चलाधीश र सिडिओ क्वाटर र अफिसकै इर्दगिर्द ‘राष्ट्रवादी गर्न’ (?)- मै व्यस्त भेटिन्थे । उनी, साधारण बातचितमा कतै उनको भुसुने चित्त बुझेन भने वा उनले जित्न पाएनन् भने त्यो माहोलबाट बाहिरिँदै गन्गनाउँथे……‘के बोलिरहनु यस्ताहरुसित ! …….मसँग एम.ए. पासको पिउर सर्टिफिकेट पो छ त, मेरो एजुकेशन अन्पिउर हो र थोडै ? …..’ उनी भेला–बटुलोमा हुने उपस्थितिमा आफ्नो नाम ‘पदम बराल एम.ए.’ नै लेखेर दरखास्त गर्थे । उसबेला संविधान दिवस (पुस १ गते) र राजा–रानीको जन्मोत्सवलाई राष्ट्रिय महोत्सवको रुपमा मनाइन्थ्यो र त्यस्ता अवसरहरुमा समारोह समितिका पदाधिकारी–सदस्यहरु सयौंको नामावली सहितको पुस्तिका छापिन्थ्यो । त्यस्ता पुस्तिकामा समेत पदम बरालको नाम–थर ‘पदम बराल एम.ए.’ छापिन्थ्यो । विभिन्न भेला–बटुलोमा उनको खैंजडे उपस्थिति हुन्थ्यो माने उनी निम्त्याइएर होइन सुनेर–सुइँको पाएर पुग्थे र फाइँफुइँ बठ्याइँ छाँट्न थालिहाल्थे । कुनै विषय कसैले उठायो भने उनी स्वर उरालेर ‘यो कुरो लिगल हुन्छ कि अन्लिगल हुन्छ भन्ने कम्फम गरेर मात्र छलफल गर्न उचित हुन्छ है ’ भन्थे । अतः उनको जम्मा र सबभन्दा ठूलो योग्यता भनेको त्यस समय–सन्दर्भको ‘राजभक्त पञ्च’ हुनु हो भन्ने उनको ठनाइ थियो । जस्तो, आज मन्त्री भानुभक्त ढकाल, कोरोनाको उत्तरोत्तर प्रगति–‘अपडेट’ वाचन गर्ने पदमा नियुक्त डाक्टर जागेश्वर र स्थानीयस्तरमा गौंथलीको बाऊहरुले आफ्नो सर्वोपरि योग्यता ‘नेकपाभक्ति’–लाई ठानिरहेको प्रतीत हुन्छ । समयानुसार पात्र परिवर्तन भए पनि प्रवृत्तिको निरन्तरता जीवन्त रहिरहनु ठूलो अस्वाभाविकता त होइन क्यारे हाम्रो नेपालको सन्दर्भमा !……

म यसरी आफ्नै अभ्यन्तरमा डुबिरहेको थिएँ, गौंथलीको बाऊ मेरो आँगनको गेटबाहिरबाट ठूलो स्वरले कराउँदा मात्र मैले उनलाई देखेँ । उनी भन्दैथे– “ए पाँडे भाइ, उ त्याँ एउडा बले झार र दुईटा मोथे झार ठाढै रहन् । उ त्याँ हेर त, त्यो माने हो कि पिँडालु टुसा’र पात फक्रिनै लागेछ । यो गेटकै ढोकाबाइर दुबो र घोडे दुबो सरेर हरियइ भछन् । राम ! राम ! राम …… घरका मुखाँ एस्तरी जङ्गल भइराख्या किन केरलेस नगर्‌या ! एस्तो ड्यान्जर भइसक्ता पनि पर्दानमन्त्री रोचकारी कारैकरमका कर्ता पठाइमागेर नर्पालिकालाई झ्याकझ्याक पार्नुओर्नु छैन । एस्तो जङगलमा कोर्ना भाइरोस लुक्न आउँछ र मान्छेलाई एटेक पो गर्छ त ।”

उनी अरु पनि के–के भन्दै एक–दुई झारका बोट, मानेका तीवटा कलिला पात र गुभो अनि गेटनेरै भूइँमा पलाएका एक मुठी दुबो उखेलेर पैनीतिर फ्याँकेपछि मतिर आउँदै गन्गनाए–“म आ’थिन भने इ पाँडे भाइ भोलि–पर्सि नै कोरेन्ट्यानको आइस्युलेसनको कोठामा सुत्न पुग्थे क्यारे…..हन नर्पालिकाले टेरेन भने तेसका माथ्याड नेपका सर्खारको सर्खारी पाटी छ । नर्पालिकाभन्दा ठूलो नेपकाको थानीए पाटी छ, तेसमा म सोएम् छु । कौनै नेपालीले मात्तै होइन नागृकताको फाँटवालाबड सिटिजेन साटिफिटिक किनेर याइँ बेपार–बिख्‍नेस र बिबिन्न कामधन्धा गरी बसेका हुन् कि तो साटिफिटिक च्यापेर आफ्नै मात्‍रभूइँ देशमा बसेर एलेक्सिन–एलेक्सिनको भोटका ट्याममा एता ढिम्किने गर्‌या हुन् नि……. ती सप्पै पनि हामेरकै नेपाली हुन क्या पाँडे भाइ । हामेरको रास्टिए आकाङ्छा भन्या सप्पै नेपालीको सम्बिर्दि हो । तेस्सै रेलामै हामेरले दुईत्याइको सोलिट बौमत लेराउन ससेसफुलनेस भाका हम् र ?”…..इत्यादि–इत्यादि ।

अनि मेरो नजिकै कुर्सीमा बस्तै भने–“खोइ तपइँको सिनिटाइझारको झोल सिरप ल्याऊ–ल्याऊ हाताँ दलुम् । सफ्फाइ–सुग्गरीमा त सिरेसली पो हुनुपर्छ त ।”

दिक्क लागेकाले मैले भनें–“मसित त तोरीको सिरप याने खानेतेल र ज्यामिरको सिरप याने चूक मात्रै छ, ती सिरपले काम दिन्छन् ?”

सरकारी कार्यालय भवन पछाडि वषौंदेखि बेहाल पुराना सरकारी गाडीहरुको कोत्रो–थोत्रो अवस्था जस्तै अवस्थाका खियासरि दाँत देखाउँदै मेरो अनुहारमा एकछिन् हेरेपछि उनले भने–“ओह्हो, झन माल नि । अङरेजी सिनिटाइझार जुनसुकै काम गरिसकेसि दलिरनु पर्छ तर खान्तेल र जेमिरको चुक मिस्कट गरेर बनाइने घरेलु सिनिटाइझार पर्तेक दिन बेहान एखेप दलेसि दिसभरि जे छोए नि कोर्नाबड पर्मानेन फिरी नि ।……………. तपँइसित ती दुई खाले सिरप छन् भने अलि–अलि मलाई दिपठाऊ हओ पाँडे भाइ । म भरे बेल्का बेडुममा पर्बेस गर्ने ट्याममा आज दिसभरिको एक्कैखेप होल्ससेलमा दल्छु हात–गोडाँ । र, उब्रेकाले भोलि–भोलि पनि तेसै गर्छु ।”

मैले भनें–“तपाइँले हात सेनिटाइज गर्न खोजेको कि त्यस बहानामा अरुहरुलाई जस्तै मलाई पनि खौरिने दाउ मार्न खोजेको नि ?”

उनले मन्टो बटारे अनि थाकेको आभास हुने किसिमबाट लामो सास तानेर फ्याँक्तै भने–“फ्याङकली भ’र नै भन्नुपर्दा आज बिस्स–सन्सारलाई नै यो गाडे–च्याने पढ्के कोबित नाउनट्यानको कोर्नाले धुरुधुरु र क्वाँ–क्वाँ र्‌वाइराखेको ड्यान्जर भन्दा नि माहाँड्यान्जरतम् उपलच्छेमा पनि हामेरको पाटीका टाउके कम्रेटहर्ले आफ्ना ‘बकितम्’–को ठ्याक्कै बिब्ल्याँटो ‘गरितम्’–बड उच्छिन्–पाच्छिन् गर्दै आफ्आफ्ना हइसेतका कमाउकान्ते धोक्रा भरिराखेका छन् भने……! हामेरु लोक्कल कम्रेटहेरु त नभन्दै राना सिरितीनका बिर्तामा हजुर्‌या गरिखाने थानीए अर्गज–अग्वा ठूलाठाला जइसै मात्तै हम् । राना सिरितीन सर्खारहर्का मउजा–मउजाका जिम्दार, पटूवारी, जिम्माओल, कार्वारीहेरु जइसै मात्तै । चल्खेल गरिखानु भन्‍र एरिआ भाग पाएसि ह्वाँहर्का इस्यारा हुक्कुम मर्जी अन्सार तेस एरिआको छेत्रमा चरिखाने, नाकमा नत्थी–पगा ला’र चौरीमा खुटिएका भोका गाई–भूइँसी जइसइ । अनि फेरि मैले मागिखाने भिकारी–जोगी हुन पनि सर्खारी रानीतिकको पोल्टिस्यानमा खुट्टो हाल्या होइन् । बुद्नु भ’न त ? मैले बोल्या बाक्केका गइराइ बुज्ने तपइँ जइसो बिभेकी त एस मेरा छेत्रको एरिआमा त्याँ पअअअर झोडाको सुक्कुम्बासीमद्दे आरावाल बन्‍रे साइँलो मात्तै छ । ……तपइँले कइ’छिटो मेरो मुनको कुरो बुज्यौ अ‍ैले ? तेसरी नै तो आरावाल बन्‍रे साइँलो मैले अ भनिसक्ता अलङक्कार बुज्छ र ठ्याङगै निकाली हाल्छ मैले भन्या जिनिस र रुप्पे–पोइसो जे पनि, देनन्देर । एस टपिकमा तपइँ उभन्दा निकै चाम्रा छौ । एत्ता र उत्ताका कुरा बरालेर ट्याम लस गर्ने तपइँको बानीसँग म वाक्क र हार्दिक्क भइसक्या छु र भा पनि कौने नेपालीलाई दुक्खकस्टले भुर्नहत्तेमा नपार्न सकोस् भन्ने हामेरको नेपका सर्खारको रास्टिए आकाङछाको ‘बकितम् मेनिखेस्टो’ बुज्या दिनदेखुन् म तपइँकाँ आउँछु क्या, तपइँले सँद्दै घँचेटेर, घोक्रया’र, गलत्या’र लत्तरखाजी पारे पनि । ……..कैलेकाइँ त तपइँले मेरो एस्तो कामको मूल्लेङकन गरे गुटै हुन्थ्यो नट् ब्याट हुन्थेन त । मान्छे चइँले लिनु–दिनुको बइल्यान्स मिलाउनुपर्छ भन्ने हामेरु हिन्दु, बउध, किराँती, ओजा–बइद्दे, धामी–झाँक्री, बोक्सी–डाइनी, सिमेभूमे, नाग–नग्यानी सप्पैका साश्रमै लेख्या छैन र पाँडे भाइ ?”

उनले त्यसपछि विद्युतबाट बजिरहेको रेडियो हठात विद्युत काटिई बन्द भएर बज्न छोडे झैं बोल्न बन्द गरेर मेरो अनुहारमा हेरिरहे ।……

‘यिनले जिन्सीमै अलिकति खानेतेल र अलिकति चूक अथवा त्यस वापत अलिकति राशी झार्न तानाबाना बुन्न थाले’ भन्ने शंका लागेकाले, विषयलाई अर्को मोड दिँदै, मैले भनें–“साँची दाइले शुरु गर्नु भएको बेसार र खैनी–खोर्सानीको ढुटे ओखतिको व्यापारको प्रगति हुँदैछ कि थला पर्‌यो ?”

उनले मुख बिगारेर भने–“थला पारिहाले नि काङरेस र राज्जाबादीका लइन्छोकडाहर्ले । अस्ति तपइँले समेत गोस्सामा आ’र मेरो तेत्रो डाग्डरी माल मेरै यो थाल्लाँ पोख्यौ । नभन्दै तपइँले चइँ कुटेनौ, लुगा पनि च्यातिदेनौ । गएको गत माङलार म ‘आयो हए आयो, कोर्नाको अचूक सर्खारी ओखति’ भन्‍र कराउँदै बजारभन्‍दा उत्ता कुना गामतिर पसिरथें, एक हुल नेपाली नागृक किनिसकेका काला इण्डेनहेरु एक–दुई–तीन गर्दै, सइउँ त नभनम्, पन्‍र–सोर जानाले मेरो माल हेरेसि मसँग खरो बइन् गरा’र मेरो मालको झोला, पोको र लाका कपडा समेत झात्झुत पारेर चाइँनेकेरे मलाई उल्लीबिल्ली काड्दै बेस्सरी धतङ्या’र धुस्सी, थप्पड, लात्तीले समेत स्यानो चइँ गनतन्त्र खेलेनन् मेरो जीउभरि र टाउकामा पनि टुटुल्कैटुटुल्का पारे तेस्सिमालाने हर्रामीहर्ले । त्याँड हामेरको गोरखाली आँटले दगुर्दै – दगुर्दै नभाग्या थेँ भने फिल्लाल मेरा छिमेकी इन्जिन्यार सेवारामसँग सात हट्टादेखुन् ढुक्कै कामु इन्जिन्यार्नी गरेर चाइँनेकेरे रामरमैलो रिल्यास गरिाखेकी मेरी वाएफ रामदुलारीको सिउँधोबड मेरो नामको सिँदुर गेटाउट भइओरी एतिखेरसम्म उइ सेवाराम कि आर्को कुनचइँको सिँधुर थापित भइसक्ने ! ……. अनि त्याँड भाग्दै घर आइपुगेर ओछेनमा बङरङ्ग लडेको दुई दिन त जीउ चलाउनु नभ’र हल न चल भएँ । मरामत पनि लास्टै मरामत गरेछन् । र, तेस दिनदेखुन् ठ्याप्पै डरप गदैँ तो बेपार ।”

मेरो केही भन्नु थिएन र म बोलिन । उनै बोले–“र, फेरि घुरें उइ पुरानै पत्रकार गर्ने पेशोतर्फ । शुरुको पैलो स्टाटिनको दिन त एक–दोडा पोके–झोले ब्लेक्या इण्ड्यातिराड छिरेको पत्तो ला’र तिनलाई मेची खोलाको बगरैबगर पिछडा लागेर तर्छाएसि अलेली झरो र तेस दिनको खाइजिलो चलो पनि । फेरि झरीका झरीले पारिबड मालका पोका एता ब्लेक गर्नेको सेक्पा सुकाइगो । तेसो भएसि मेरो कन्तबिजोक हुने भइगो, हेर्ने हए पाँडे भाइ । बजारमा जे जिनिस किने नि मुँगो न मुगो भइरछ । ती क्या त, यो लक्डाहुन लाग्नभन्दा अगिल्ला दिनसम्म दश रुप्पे गेलासले पाइने खुदी, थोत्रा–भुक्के चफ्ली, थोत्रा टाएरका चोक्टा उसिनेको पासबड चुआको निल्दाखेरि घाँटी चररर पोल्ने अनि भोलिपल्ट बेहान टाउको फुट्ला जइसो रननन दुखिराख्या हुने रौसी पनि अ‍ैले बीस रुप्पे गेलास भइरछ । आर्को पाटीको सर्खार थ्यो भने यो सर्खारको बिरोदमा हरिताल, आमर्न अन्सन नारेर टोडफोड गरिन्थ्यो, बाटा–बाटामा टाएर बालिन्थ्यो, नेतानेतीका पुत्लाको दा–समसकार गरिन्थ्यो । तेसो–तेसो गर्न ख्याल मज्जा आउँथ्यो ? तर के गर्ने, आफू परियो कट्टर सिधान्तबादी । सर्खारी पाटी मैले कइलेइ छोड्या रिकट छैन । …….एतिखेर खल्ती खलास छ । घराँ नून–भुटुन फिनिसेर बट्टा–बट्टी याम्टी भइरछन् । फेरि आफ्नु चइँ पोइसो–रुप्पे परसस्ती खेलाउने स्यानैदेखुन्को खान्दानी हेभिट । खल्तीको पागिटमा सफिसेन रुप्पे छैन भने जीउ चिल्चिला’र, घरिघरि टट्टी–पेसाप लागेर, आँखा धमिला भ’र उखुम हुन्छ, सोप्पोकेसिन हुन्छ । मैले कति रुप्पे खेलाएँ भन्ने एकाउन्ट्यान र अर्थम्याटिक गर्न भगवानका लेखापाल गनेशजीले पनि सक्ने थेनन् । ……अ‍ैले खल्तीका पागिटहर्मा सफिसेन रुप्पेको काइसिस भइराख्या हुँदाखेरि पढ्के सिनिटाइझारको झोल पनि फिनिस्टिरछ । तिउन्–तर्कारी ओल्सिने खान्देलको थोप्पो छैन, अचार–चटनीको मेन चइँ मसला जेमिरको चूक हो । मेरामा पुछपाछ गर्दा एखेप पुग्नेथ्यो पनि । अस्ति सूर्जे ग्रन लागेका दिन घरैमा बर्त बस्नु हामेरको भीआइपी संस्कृति हो भन्ने मेरा बाऊको पइत्र अर्ति सम्जेर ग्रन लाग्नभन्दा अग्याडै कैलुकाँड एक बदल सुद्द कोदाको खोयाबिर्के र बजारबड दुई रुप्पेको स्यानो काँक्रो लेराएँ । काँक्रोलाई मसिनो चाना बना’र तेइ चूक राखेको बट्टामा हालेर बेस्मारी हल्लाएँ अनि बदल सफ्फा भएसि काँकराका चाना पिलेटमा खन्या’र नून–खोर्सानी मोलेर सितन बनाएँ र खोयाबिर्केसित खाएँ । मेरो तात्पर्जे के भन्लाउ भने ती तेस्तो अबस्ता छ मेरो । चूकको त झन बट्टामा गन्द पनि छैन । हिजो बेहान खान्तेल नहाली तातो कराइमा झ्वाइँअँ पारेर कराँसाबारीमा सिला खोद्दा भेटिया बोडी, भेण्डी, फर्सीका मुन्टा, लुँडेका बूढा पात, निघुरोका तीन्टा ठोसा मिस्कटको जोगी तिउन् पका’र लन्–च गर्न बस्या–दुस्रोपछि तिस्रो गाँसै छिरेन घाँट्याड ! फेरि अमिलो अचार–चटनीको चइँ म एक लम्बरको फेन, नभई हुँदै हुँदैन–कम्पलसोरी चाइँछै चाइँछ क्या । ……लु निकाल हओ अल्कति–अल्कति खान्तेल र जेमिरको चूक । घराँ लगेर सिनीटाइझार बनाउँछु । लोवी हुनु नै पापी हुनु हो भन्ने त भागोत गीतामै लेखिया सत्ते हो क्या ।”

मैले दिक्क मान्दै भनें– “हत्तेरिका ! घरमा अलिकति बेसार छैन ? दल्नु नि त्यसकै धर्का निधार, नाकको डाँडी, किल्किलेतिर र अस्ति मैले बेसार घोप्ट्याइदिएर पहेंलपुर पारिदिएका टोपी–कपडाहरु लाउनु अनि एउटा टिनको टोक्रे हातमा लिनु र माङ्दै हिंड्नु क्या । के त्यत्रो पार्टीको ठालू हुँ भन्दै ठगिखानेले थोत्रो गन्थन फलाकिराख्या ? लाज–शरम नमानी बनारसी पण्डाले जस्तो प्यारप्यारप्यार, छ्या । जानोस्, मैले भने झैं गर्नोस् । फेरि गलहत्याउन नपरोस् ।”…

उनी जुरुक्क उठे र ओठ कमाउँदै बम्किए–“के ठान्या तपइँले मलाई ? पर्दानमन्त्री सोरोच्कार कार्रेकरममा लागेर दुईचाडा झारका मुन्टा मठुर्दै हिन्नेमा पनि अर्गज पो हुँ त म । ए…. मलाई हेप्नी ? मलाई मागिखाने देख्यौ ? …..लाखेस् न म तपइँलाई एउडी ला’र आर्को किस्न बादुर मोरा नबनाई छोडें भने म एउडा बाऊको छोरै होइन । देखाइदिउँ मेरो पाओर कति……”

त्यहाँपछि बोल्ने नदिई उनको कठालो झ्याप्प समाएँ मैले र घँचेट्तै लगेर गेटबाहिर हिलो बाटोमा पछारिने गरी गलहत्याएर भनें–“देशलाई बाँदरको हातमा परेको नरिवल बनाउने खलकको वारिस, थुक्क ! बस् यत्ति भनें !……