अरिमठे गौंथलीको बाऊको भालूभुत्ते ढ्वाँस
–व्यंग्यनारान पाँडे–
दन्त्यकथाको उपस्थापना गर्दै भन्ने गरिने ‘आकाशबाट फुरौला खसेको दिन’ भने झै कोरोना भाइरसको महामारी छल्न भनेर दुई हजार छ्यात्तर चैत एघारदेखि सरकारले घोषणा गरेको लक् डाउनले ‘पहिलो चरण खुकुलो’ हुन पाउने निर्णय रेडियो नेपालले सिंहदरवारबाट भन्न थालेको भोलिपल्टको कुरो हो । अथवा, लोकतान्त्रिक गणतन्त्रका ‘मालिक नेता’–हरूले ‘नेपाली नागरिकता’–लाई अनेक जात–थर–गोत्रका किसिमको नाममा सीमापारिबाट ग्वारग्वारती विदेशी हुलेर आफ्आफ्ना भोटर–संख्या बढाउने स्वार्थले सरिता गिरी, कुन्नि केजाति यादव, कुन्नि केजाति महतो, कुन्नि केजाति सिंह इत्यादि जस्ता भारतीय दक्षक पुत्र–पुत्रीलाई आफू सरह बनाउने ‘आत्मघाती गल्ती’ नेपाली छातीभित्र बिझाएकै बिहानको कुरो हो । र, शायद तिनै दत्तकपुत्र–पुत्रीका जिम्मावाल–मोटिया बनेका ‘नेपाली हक’–मा स्थापित हुन सफल लण्डुप दोर्जी खाङसार्पा (सिक्किम), बर्दराज पेरुमल (श्रीलंका), शेख अब्दुल्ला (कश्मीर), महेन्द्र चौधरी (फिजी), कालुराम मिन्त्री (माल्दिभ्स) इत्यादिका ‘करबोन कपी’–हरूले संघीय संसदको रोस्टमबाट नेपालको पश्चिमी सीमा महाकाली नदीसँग सम्बन्धित सन्धिका कुरा उछालेर सरकारका तर्फ धारे हात लाउँदै बेस्सरी गाली भकुरेको दिन बिहानको कुरा हो —
म मेरो घरमा हिजो राती ताप्लेजुङ्गबाट आउनु भएका तीन मावली बन्धुहरूसित बैठक केठामा आज बिहानको पहिलो चिया पिउँदै स्वाभाविक पारिवारिक गफगाफ गर्दैथौँ, बाहिर कसैको पदचाप सुनियो र एकाएक आवाज आयो— “ओए पाँडे भाइ,…. हन आज किन कोठाभित्रै गुम्सेर ककल्लाई भेला गरेर कुमेटी गर्दैछौ हँ ?…. हामेरको नेपका सर्खारले सम्सतमा ठ्याँस्स ठ्याँसेको बिदेक टोट्टल सर्भसमितिबड पारित भइसको, अब कस्सैले एगेनेसको पर्तेगामी कुमेटी गर्दा हामेरको एउडा रउँ पनि हल्लिने भा पो ।”….
“ए पठ्ठो ! किन प्याच्च बोल्छौ ठूलाठाला जेन्टिलम्यानले बात मारिराख्या ठाममा ? तिमी बाइर निस्क, खुरुक्क निस्किहाल ।”….
गौंथलीको बाऊको झल्लु बोलीसित म मात्रै परीचित थिएँ । मेरा पाहुनामा कुन पागल आयो भनेर शायद छक्क परेका भाव देखेर मैले दबेको स्वरमा भनें— “छिमेकी हुन् । यस्तै फ्याउरे छन् ।”
र, बाहिर सुनिने गरी भनें— “भित्रै आउनोस न दाइ ।”…. अनि चोर औँला मुखमा टाँसेर नबोल्ने संकेत गरें पाहुनातिर ।
गौंथली बाऊ प्यासेजको मूल ढोकानेर गन्गनाए— “ढोकाँ च्याप्ली खोल्ने झन्जट बढा’को लु हेर त । आफ्नु क्षेत्रको एरिआबड कोर्नाको निरिक्छिन् गर्दै हामेरू अथ्वा कम्रेट माथि सिम्मदर्बारमा रिपोटिनका लागि आइरनु पर्ने कुनै घराँ पनि च्याप्ली खोल्ने र खुट्टो टक्टाउन नपरोस् हए भन्दा–भन्दा मुख दुखिसको, उस्ताको उस्तै ।”…. र, हामी बसिरहेको कोठमा पाइला हाल्दै हामी सबैका अनुहार–अनुहारमा हान्ने गोरुले झैं आँखा तिखारेर पालैसँग हेरेपछि भने— “अनि इ नुतन व्याक्तिहेरू चइँ को हुन् नि ?”
मैले भने— “तीनैजना मेरा मामाहरू ।”
उनले सोफामा पलेंटी मार्दै सोधे— “के थरी ?”
मैले भनें— “भट्टराई ।”
उनले मामाहरूतिर ताकेर सोधे— “काँ हो घर ?”
जेठा मामाले भन्नुभयो— “ताप्लेजुङ ।”
उनले फेरि सोधे— “कुन गाम्पालिकाको कुन ओडा ?”
मामाहरू कोही बोल्नु भएन, मैले पनि केही भनिन् ।
उनले सोधे— “मेरा उइलेका साथी, ती क्या भुतपुर्वक पर्दानमन्त्री किसुनजी–किस्न पर्साद भट्राई के नातो पर्थे ?”
मेरा माइला मामाले भन्नु भयो— “नाम सुनेका हौँ ।”
उनले अर्को प्रश्न अघि सारे— “अनि डाग्डर बाऊराम भट्रराई नि ?”
कान्छा मामाले कान रातो–रातो पार्दै भन्नुभयो— “हाम्रो चिनजानै छैन ।”
उनले सोफाबाट एउटा खुट्टा तल झारे र त्यसको घुँडामाथि अर्को खुट्टाको पैताला फैलाए अनि औलाका काप–कापमा कट्कट्टिएको गन्धे मयल कोट्याउँदै मलाई ताकेर भने– “तपाइँका इ मामाहेरू भट्रराई हुन् भन्र कत्तै इ किसुनजी र बाऊराम दोडा मात्रलाई चिन्थे भने मेरो मर्ज्यादा र स्टाण्डरलाई इसित एछिन् बात गर्न मिल्थ्यो क्यारे म सर्खारी पाटीको थानीए ठूलो, सिन्यार पोल्टिस्यान र एस्पीरेन कम्रेट हुँ भनिरन पनि आवसेक ठानिन हओ पाँडे भाई इ तपाईका भट्राई मामाहरूलाई । स्टाण्डर नै मिलेन ।”
म उनका कुराले रन्किएर उनलाई लगार्न उठ्तैथे, मामाहरू स्वर खोलेर हाँस्नु भयो र मैले ठूलो मामातिर हेरें । मामाले ‘यो मान्छेलाई एकछिन् बस्नदेऊ’ भनेको इशारा भयो र म थामिएँ ।
गौंथलीको बाऊले ती सब केही नि बुझेनछन् ।
उनले भने— “हिजो दिम्सो तपइँकाँ आउने इस्टम्याट गरिरथे, बेहानैदेखुन टाउकामा मुडफ लागेर आइन । पेटाँ हेडेक पनि भो ।”
मामाहरूलाई मनोरञ्जन होस् भन्ने ठान्दै मैले सोधे— “किन मुड अफ भो त बिहानै ?”
उनले भन्न थाले— “अस्ति कैले जइसइ हिजो पनि मेरा पागिटहर्मा एउडो टलक्क टल्किने भारुको अठन्नी बाएक एक्कै कन्चो रैनछ । हामेरू, हामेरको देशमा सम्बिर्दि लेराउन र नेपका पाटीका अओल–टोट्टल नेपाली जतिलाई सुख्खी बनाउन कम्बर कस्सेर अहोरात्र हिन्ने अथ्वा कम्रेटका पागिट कैले–कैले याम्टी हुनु असोभाबिक चइँ होइन । तर, पर्तेक दिनको सुर्जे डुबेसि चइँ कैलु बेहारीको भट्टी हुटेलको छाप्रो बाएक अरु सप्पै सम्जनामा लक्डाहुन गर्ने मेरो बानी भकाले तेसरी पागिट याम्टी भएसि ‘याम्टी पागिट नट् गुट’ भन्र मुनपेट बुरुक–बुरुक उफ्रिँदै नारा उराल्न थालिहाल्छ ।…. तो भारुको अठन्नीको पनि एउटा लिटिल हिस्टोरी नै पो छ त । के हिस्टोरी भन्लाउ भने— ती क्या त मेरा एसिटेन कम्रेट हरिराम पुरेत बाजेका गाहाकी–जेजेमान मेची खोला पारिबड बस गाडीमा जीउको तीन रुप्पे आठाना भाडा लाग्ने उत्ताको च्या कमानसम्म पनि रछन् । उन्को एउटा नेपाली जेजेमान तेस कमानको कुल्ली धुरामा रछन् । गएको गत बइसाक लाग्दालाग्दैको एक दिन उन्कै बाटाखर्चीमा मलाई साथी लगेका थे– गार्जेनका रुपमा ‘मेरो हेड नेता’ भन्र इन्टोडुस गराउन । तेस दिन ती जेजेमानको नातिको न्वारान रछ । मेरा एसिटेन कम्रेट हरिराम पुरेत आतेपातेमा भामट छिटा छन् र उन्ले तो न्वारान पोरगाम फिनिस्ट्याएसि जेजेमानले गलगिद्द ख्वाउनुको साथै मलाई समेत टीका लाएर सो–उक्त भारुको अठन्नी दच्छिना दिया थे र मैले तो अठन्नी नमासी राख्या थेँ । हिजो त तेइ अठन्नी मात्तै रछ ठिन्ठिन् मेरा पागिटमा ।”….
उनी बोल्दाबोल्दै अनुहार पन्यालो पारेर भिमलाए । यस मौकामा मैले मामाहरूतिर हेरे । जेठा र माइला मामाले मज्जा लागेर होला हातको इशाराले ‘अझै बोल्ने नाका खोल’ भन्नु भयो । र, मैले भनें— “ए, त्यसो भए हिजो कैलुको भट्टी होटल गइएन कि कसो ?”
गौंथलीको बाऊले उनको लबस्तरो अनुहार तिखारेर भने— “धएत्, बाऊलाई खोलामा पोलेर, सेता कपडा बेरेर चाइँनेकेरे कोरामा बस्न थालेकै साँज त ‘मेरो पेटको स्वास्थे खराप भो, म त्याँ पअअअर आछामे आमइँको घरपछाडिको चोख्खो चौरीमा अघाउन्जी टोइलेटेर आउँछु’ भन्दै गउँथलीकी मम्मीको धिमाले कालो खास्टो ओडेर खेतैखेत दगुर्दै कैलुकाँ पुगें र एक बदल खरो कोदोप्याट्रा निस्तै घट्घट् पारेर जइसोको तइसो कोरामा उपस्थित भको निजै अनुभौ गर्या ज्यान हो यो । मेरो पर्खर खुबिलिटिले एउडा न एउडा कुनै ट्याउटिस त निस्काइहाल्छु नि । म तपाइँहेरू जइसो आफ्नै थर–गोत्रका हिस्टोरीमा नाम छिर्लिप्पै आउने प्रसनालिटिकलाई पनि चिनेर नातो गाँस्न नसक्ने लठ्ठक ड्याबु हुँ र ?…. अनित्याँड मेरी वाएक रामदुलारी करिभन डेढ मैनादेखुन् ढुक्कै बासै बसेर ‘का.मु.इन्जिन्यार्नी’—को सेवा भोगाइराखेकी मेरा पल्ला छिमेकी उनै सेवाराम जाधौ इन्जिन्यारको घरतिर कुदेँ । ती जाधौलाई, रामदुलारीको साख्खै हस्बेनका हइसेतले, रामदुलारीले उन्काइँ बस्न थालेसि ‘म माँ बन्नेवाली भएछुँ’ भनेकी कुरो समेत जोडेर थर्काउने र एसबाजी चइँ ती ज्याङ्गो इन्जिन्यार साहेपबड पन्र सहेदेखुन् दुई हज्जारसम्म रुप्पे झार्ने इस्टम्याट थ्यो मेरो । तर, म भेरी ब्याडली अनससेसफुल भएँ । म त्याँ पुग्दा ती दोडा बेहानखेरै अङरेजी सराप धोकेर मदिसे साम्सत सरिता गिरीज्युका पच्छेमा नेपाली नेताका एगेनेसमा मुड्की बजार्दै बात गरिराख्या रछन् । रामदुलारीले इन्जिन्यारका काखमा मन्टो राखेर ‘सर भी माइले जइसइ इता नापालको लाग्रिकताको पर्ची खरिद करेर इता इन्जिन्यारको नोक्री करेको, यो पाहारिआ नापाली साला बेकुपहेरू के कुडा बुज्छ ? हाम्नेरुको देश इण्ड्याको बिहाडसे ओ सर्ता गिडी भी नापाल ढुँकेर ओस्तो बडका लिडरनी भाको कुडा सर ने भी बुजेको । अब् हाम्नेरु सब् एक भइजान्छुँ तो साला पाहारिआको लिडर सब सर्ता गिडीको इन्रा गाँधी नमान्यो भने के हुन्छ ? ओ बुढा छ नु गाउँथेलीको बाबु, ओ बुढाको म बेकुप बनाइसकेको— म तिस्को बूढी कहेर । सर तिस्को घर–जग्गा खरिदलिनु, ओ बात म मिलानु सक्छुँ । और हो घर–जग्गामे पक्काको घरमे मैलाई राख्नु । मेरो पेटको बाच्चा भी बादमे ओ घरसे इस्कुल पढ्छ । ओ गाउँथेलीको बाबु ओ घरमे बर्तन साफको काममे बस्छ । साला खच्चर जइसो बुढा अनि सार्खारी नेता कर्नु नपाउँछ ।…. एस्री एकेक पाहारिआ भूत भागानु सकिन्छ और इता बिहाड आउन्छ । सरको इक्छा म पुडा कर्छु, सर मेरो इक्छा पुडा कर्नु ।’…. अरे यस्ता कान्तिकारी कुरा कति भनिन् कति तिनले । अनि इन्जिन्यारलाई नभेटी बिस्तारो हिन्दै घर फर्कें, ड्राएर दगुर्दै भागिन । तेति आँट पनि थेन भने म कसरी सर्खारी कम्रेट हुन्थे, होइन ? तर तेति कुरा सुनेसि रामदुलारी र इन्जिन्यार एक–जइन भ’र मेरो घरबेभार साँच्चै बिग्राउने पो हुन् कि भन्ने कुराले मुडफ र मेरा पेटमा हेडेक लेरायो । तर…. (उनले बूढी औँलो मुखतिर बाङ्गो पार्दै) यो तानेसि रामदुलारी पोल्टिकल गर्दै झनक्क रिसाउँछिन् र तेस्ता बेलाँ म सुटुक्क ओजेल पर्दिन्छु क्या कोर्नाका डरले सार्भजानिक सोसेलबड भागेर डिस्टान्सी मइन्ट्यान गरे झ्याइँ । ….अनि त्याँड घर आएसि उपाए कप्तै बूढो गधा झै झोक्राएँ ।…. अस्ति नै उनै इन्जिन्यारका रुप्पेले राहात बितर्न पोरगामबड नाफा गर्या मोस्ट रक्कममद्दे नउ सहेमा किनेर पाल्या अडाइ–तीन किलाको लिखे पाठो एक सहे नाफा दाममा बगरे मुसुलमानलाई बेचें–बोकेर चाइँनेकेरे बजार पुर्यार । तेसैले टांरिगो नि हिजोको गल्जो अनि आजको भरे र भोलिको भरे समेतको गल्जो ।…. लु हेर त, नेपाल देशमा अैले तपइँहेरू नेपाल सर्खार छ भन्दा होउ । हामेरको नेपका सर्खार चइँ छ क्या लाटाहेरू । र, यो सर्खार भका ट्याममा एस देशाँ टन्न साम्बिर्दि लेरा’र हामेरु ‘नेपका–नेपाली’लाई अघाउन्जी सुख्ख लेराउन लागिपरेका, इ क्या त, म जइसोलाई बेला–बेला ती तेस्तो अप्ठ्यारो पर्छ । तर, हामेरमा अप्ठ्यारोलाई सप्ठ्यारो पार्ने खुबिलिटि थेन भने एत्रो बौमत ल्याइँथ्यो होला त ? एस्मा कसैको केइ भन्नु छ ?”
मेरा कान्छा मामाले सत्ताइस वर्षे जवानको दिग्दारीयुक्त झ्वाँक फर्माउँदै भन्नु भो— “ए भान्जा, तिमी यो तिम्रो छिमेकी बूढाको ढ्वाँस सधैं सुनेर पनि बहुलाएका छैनौ ? कि आज मात्र सुन्या हँ ?”
गौंथलीको बाऊ भाङ्राङ–भुङ्ररुङ गर्दै उठे र मामातिर औंला ठढाउँदै चर्के— “ए पठ्ठो ! किन प्याच्च बोल्छौ ठूलाठाला जेन्टिलम्यानले बात मारिराख्या ठाममा ? तिमी बाइर निस्क, खुरुक्क निस्किहाल ।”….
मेरा मामालाई त्यसो भन्दा म रनक्क रन्किसकेको थिएँ । तर, कान्छा मामाले पहाडको पोषिलो रगत उमाल्दै झम्टिएर मैले सोचेकै गर्नुभयो । अर्थात् मैले झै गौंथली बाऊको शरीरबाट कपडा सुर्किनेगरी कठालो समाएर धकेल्दै कोठाबाहिर निकाल्नु भयो र लछार्दे आँगनमा निकालेपछि घँचेट्तै लगेर गेटबाट बाहिर गलहत्याएपछि भन्नुभयो— “के अरे ? मलाई के भनेको अरे ? हामी नामर्द !”….
गौंथलीको बाऊ पछारिएको ठाउँबाट उठेर पछाडि नहेरी छिटो–छिटो मेन रोड पुगेर ओझेल भए ।….