लिच्चड गौंथलीको बाऊ र उनको भालूभुत्ते अहंकार !

—व्यंग्यनारान पाँडे—

उनको मानव–शरीररुपी ह्याङ्गरमा झुण्डाइएका कपडा, कानका खोबिल्टा, टोपीले नढाकिएको कपालतिर, पाखुरा र कुइना, खुट्टाका नङ र औंलाका चेपचाप र काप–काप इत्यादि सर्बत्र लिस्याइलो हिलो सुकेको स्पष्ट देखिन्थ्यो । उनको शरीरका अवयवहरू धङ्धङ्गिएका देखिन्थे । ओठका दुई किनारमा फिँज जस्तो जलको सिंचाई थियो । चिम्सा आँखा फुस्रा वा निष्प्राण जस्दै देखिन्थे । उनका खुट्टा टेकाई छन्दभङ्ग थिए भने गर्धनमाथिको मुन्टोखण्ड थाम्न गाह्रो भइरहेको भान हुन्थ्यो । अतः आज मकहाँ आइरहँदा गौंथलीको बाऊलाई यस्तो देखें मैले !

उनी दाहिने–देब्रे नहेरी फटाफाट आए र लर्खराउँदै सिँढी उक्लेर बरण्डामा म बसिरहेको अघिल्तिर कुर्सीका खुट्टा लच्किने गरी थ्याच्च बसे अनि लाटिएको जिब्रोबाट बलैले शब्द निकाल्दै नन्–स्टप बर्बराउन थाले —“तपइँहेरू काङरेसबादी, राजाबादी, डाग्डर बाउराम भट्राइबादी, बप्लौ बाउसापबादी अनि काखी–काखी र सासमा इन्ड्यान ठस्स गनाउने मदिसे भइयाबादी एसेट्रा–एसेट्रा भकाले पछि पर्‍यौ क्या । अन्तखेरी म जइसो निख्खर–अर्जिनल नेपकाबादी हुनु नि त, किन नभका त हँ ? उइले एउडो राजा, थुक्क ! अ‍ैले हामेरका राजत्तोकालको राम्राज्जेमा गोडा पचासेक त के गोडा सहेक–दुई सहेक राजा लटरम्मै …. एत्राको निराङकुस ? … एत्राको सामान्ती ? ….. निराङकुस र सामान्ती हुन त भाग्गे पो चाइँछ त । इ हामेरू उन्कै रइती–उन्कै कार्रेकर्ता कति सुख्खी छम् र हामेरका लागि हामेरको नेपाल कति सम्बिर्द छ भन्ने तपाईँहर्लाई था भा त थुक्क ! हामेरकै राज्जेकालको ट्याममा चाइनातिराड कोर्ना भाइरोस हररर आइदिया छ …. तेस्सिमालाने, चानसमा डानस पनि कत्तितिराड ? …. तपइँहेरू जइसा अकम्रेटको बाटामा हिन्ने हुस्सु, हामेरू हम् र ? ….आज हामेरलाई हेरेर मान्छेहरू छक्क पर्दा हुन्, हामेरको स्टाण्डरको त कुरै नट् नि हओ, कुरै नट्, होइन्त ? कि होइन भने होइनै भन, आइ नट् माइन्, मैले इउ डन्ट माइन किन गर्ने, होइन्त ?”

उनका सिक्सिको लाग्ने कुरा सुनेर वाक्क लागेका बेला मेरो अनुहारतिर गन्धे छिटा पर्नेगरी बरण्डामै थुक्न पनि थालेपछि मेरो धैर्य टुट्यो र मैले झम्टेर उनको किलकिले समेत कठालो समाएर घोक्‌रयाउँदै लगें र आँगनको गेटबाहिर गलहत्याउँदै भने — “फोहोरी !”

उनका जँड्याहा धक्कु हो कि यस समयको असली सरकारी फुइँ हो कुन्नि ! उनका सुकेका टपरा जस्ता गाला पुक्लुक–पुक्लुक सुन्निनेगरी पढ्काइदिन हाल चिलाएको थियो, तर छोइपासो लाग्ला भन्ने लागेकाले आफूलाई नियन्त्रण गर्दै भनें मैले —“हो नि, किन होइनथ्यो । यसरी जीउभरि सुकेको गन्धे हिलोले सिंगारिएर र एकाबिहानै रक्सी धोकेर लर्बरिँदै गाउँ–घभरमा बेफ्वाँकका धक्कु भुन्भुनाउँदै सरकारी पार्टीको इज्जत राख्‍ने स्ट्याण्डर यस गाउँमा तपाईबाहेक अरु कसमा छ र ?”

उनले देसान लागेर मर्न लागेको कुखुरे शैलीमा टाउको लिरिक–लिरिक पार्दै आफ्ना कपडा र जीउमा लिपिएर कट्कटिएको हिलो सकेसम्म हेरे र एकपल्ट भासिएको आवाजमा खत्खत् हाँसेपछि भने —“एस्ता नाथे हिलो, लागोस् न जति लाग्छ, मेरा बाऊको के जान्छ र ? बाऊ नै भा पो । ….. मेरा बाऊ त धन्कुटाको तल्याबड घिउ बेत्न धरान आकै दिन पइँचालीस साल्को पढ्के पञ्चेती भइँचालामा परेर शइद भका हुन् क्या । साउको गोदाम घरमा बास बसेर सुतेकै ठाम्मा देओल भत्केर चाइँनेकेरे ठामका ठाम थिलिपित्तिलि पारेर शइद … उस्ट्याममा शइदका परिबारले रुप्पे पाउने न्याम थ्यो भने मेरा बाऊको पान्दश लाख दाम मैले पाउँथे । ….. भाग्गेले द्यो कर्मले ठेलो पढ्के । हेर त, बाऊ मरे पनि तेत्तिका रुप्पे हातभरि …. क्या सम्बिर्द हुन्थ्यो मेरो लाएफ र आज म रामदुलारीसित आफ्नै एआर कण्डिसिन कार गाडीमा चढिराख्या हुन्थें । यत्राको कम्रेट भ’र गनतन्त्रको पत्रकार गरिराख्थेँ ? …. कम्रेटै हुँदा पनि क्यान्‍रए बाऊसाप कम्रेट भ’र भत्ता–कमिसिनबड कडोरपति हुन्थेँ । के गर्नु मेरा बाऊ अधर्मी रछन् …..अ‍ैलेसम्म कन्दै बाँचिदिया भे र अ‍ैलेकालको ट्याम पारेर मरिदिया भे म मालामाल ….भइगो, मेरा बाऊ र भइँचालो मिलेर गर्नसम्म बइमानी गरिहाले पनि मैले खुट्टो टेकेर गरिखाकै छु । होइन भने …..”

उनी के थप्न आँट्तैथे, मैले उछिनेर वाक्क मान्दै सोधें —“हन कता–कता कुरा बरालेको हँ ? तपाईंको शरीरमा यतिविधि हिलो किन लिपेको नि ? कि तपाईंहरूको राजनीतिक थर–गोत्रलाई हिलो-मोसो जस्ता अनुहार र कपडामा लचेप्रै लिप्ता स्तर बढेको अनुभव हुन्छ हँ ?”

उनले उसरी नै चिम्सा आँखा डुलाएर आफ्ना कपडाहरु हेरे र भने —“ड्याम केयार ! हामी इमानी पोल्टिस्यान गर्ने व्यात्तित्तोहर्लाई …. ती क्या भूतपूर्वक मन्त्री कम्रेट गोक्कुल बाँसकोटा, मोराङको कुनै गाम्पालिकाको धिमाल टोल ओडामा पनि पाटीका किर्पाले मात्तै ओडादच्छे बलैले बन्नसक्ने खेम्ता भका र ठुस्स गनाउने अन्भार परेका सोस्थे मन्त्री कमरेड भानुभत्त ढकहाल, मेरा असिटेन कम्रेट हरिराम पुरेत बाजेभन्दा आतेपाते पुरेतमा अच्छा स्वाउँने अन्भार परेका सङ्गीए सन्सतका सबामुक अध्नीपर्सादजी, म सोएम् र हामेरका कतिपएलाई छाडेर धेरैपए म जइसै हलक्क सप्रेका हाइब्रीड कम्रेटले लाज मानेर काज चल्छ त लाटा ? कस्ता पोचा छ्या ! एस्तो नाथे हिलो–मोसो दलिंदा के फराक पर्छ हामेरलाई ? हामी त क्यारलेसै गर्दौंन । ठूलाबडा हुने क्याँस र पुगिसरि धन–दौलतले हो भन्ने त हामेरको गोप्पे सिधान्तै हो नि गाँठे, के एस्ता झिनामसिना टपिकमा किचकिच गरिराख्या !” ….

म के भन्न आँट्तैथें, उनले ख्वाक्क खकारे र आँगनको बीचमै पर्ने गरी बाक्लो ‘माल’ थुकेपछि गलो सफा गर्दै उही च्यातिएको स्वरमा भन्दै गए —“तर … लेकिन मेरो सर्बस्सोमा सुकेको हिलोको हिस्टोरी अर्कै छ र तो हिस्टोरी कोर्ना भाइरोस्ले लेराको लक्डाहुन्‌को एगेनेसमा मेरो चाइलेन हो ….. तेरिमाटोक्ने सर्खारी लक्डाहुन् ! ….. कुरो के हो भन्लाउ भने …. आच्चे कति औदी मच्छट पाल्या हओ तपाईँले म समेत आउँदा बसेर तपाईंसित बात मार्ने बरण्डाँ ? बोल्नै पो दिंदैन त ! ….. हिलाको हिस्टोरी …… हिजो बिकराम सम्बतको सन् दुई हज्जार सतात्तर साल जेट चउबीस गते सन्सरबार पर्तिपधा तिथिका दिन मेरा पागिटहर्मा एक्कै कन्चो रैनछ । सँद्दे बेल्का–बेल्का … आम्मा–बाको एकछाकी र सर्राद्देको बेल्कामा पनि …. जम्मै बेल्का एकाध बदल नघुट्काए मेरो दिमाखको किड्नीमा लक्डाहुन भ’र शरीरमा इमरज्याम्सी नै लाग्ने बानी छ मेरो भनेसि हिजो मलाई कत्रो ट्यान्सिन भो होला र मेरा पेटमा कति हेडेक भो होला ….. आँफ्फै बिचार गर । र, सर्खारी लक्डाहुन लागेदेखुन् एसो पत्रकार गर्न मेची खोलाको बगर नगइराख्या म आज चईं जानै परो सर्खारी लक्डाहुनले खालो सार्छ र मलाई, म पनि सर्खारीमा कोभन्दा कम ? भन्ने सोचेर पैला–पैला जइस्यै पोके–झोले ब्लेक्या–ब्लेक्नी भेटिए जतिलाई झार्नसम्म झार्छु भन्‍र मुनमा सोच्तै लख्खर–लख्खर गइराख्या  थेँ—परहरीको ससश्रले रोकिहाले र लक्डाहुन्‌को मउसममा किन घरबाइर हिंनिस्या ? खुरुक्क घरतिर घुरिस्योस् भने र हाम्रो भामट  डिस्केस चलो । डिस्केसमा मैले मेरो बोलीको भोलुम मात्तै बढाइरहथें बज्रिगो परहरीको कठबाँसे लौरो तीन्चार खेप मेरा डँडेल्नामा सुम्ला बस्ने गरी …. सारो दुखो साला ! र त्याँड दश घोडाको इसपीठमा धाइफाल तोडें । दगुर्नमा उइल्यै च्याम्पेनको पुरुस्कार पाइसक्या मलाई परहरीले सुम्ल्याए मात्तै, खेद्ने आँट त के गर्थें । र निकै ओर आ’र बढेको सास घटाउँदै अब अर्को के टउसिटसले बेल्काको छाकलाई पुग्ने पोइसो जोगाड गरुँ त भन्‍र ट्याउटिसको खुबिलिटी खेला’र बुढो गघा झोक्राए जइस्यै एछिन् झोक्‌रएँ । …. तेस्सिमालाने मेरो बिर्लेन दिमाखले एउडा जउडे ट्याउटिस जन्माइहालो र टोपी ठीकसँग सपारेर लाउँदै त्याँड हररर मेरी वाएफ रामदुलारी गएको गत एक मैना तीन दिनदेखुन् ढुक्कै बसेकी एक्ला इन्जिन्यार सेवाराम जाधौका घर गएँ । …. रामदुलारी न्वाउने बाथ्रुममा रछिन्, हेर त भग्वान राम्देउले चानस जुराको । …. अनि मैले इन्जिन्यारलाई एकान्तमा भनें —“जोतभोगका दिस्टिले मेरी वाएफ रामदुलारी हजुरलाई उत्तिकै कामलाग्दी नै छिन् भन्ने अनुभौ भइराख्या भे यो लक्डाहुन्‌लाई सर्खारले गेटाउट गरेसि हजुरकी अर्जिनिल म्यामसाप घुरिन्जेल रामदुलारीलाई भोकचलनमा एथाओत राखे हुन्छ । अब कामलाग्दी रैनन् भने घुर्ता लग्छु आफ्नै घराँ, आखिर हामेरु दोडा मुनपेट र बेभार मिल्ने वाएफ–हस्बेन हुँदै हम् । के मर्जी हुन्छौ ? मेरा कुरा सुनेर इन्जिन्यारले फुस्रो मुख पारेर घुटुक्क थुक निलेबडै मैले उन्को भाओना किल्लेर बुजें । ….. मेरो जति कुरो बुद्ने खुबिलिटी त अम्रिकानका रास्पति डोल्यान टम्पमा होस् न इण्डियान डिल्लीका पाइमिस्टर नर्‌यान्‍र मोधीमा होस् । म त तेस्तो व्यात्तितो भको पर्सोनालिटिक कम्रेट पो त । ….. र तेसरी उनको भाओना बुजेसि मैले फ्यास्सै भनिहालें —“हजुरको रामदुलारीसित कारोबार ठीक्ठाकै छ भने ….. मेरो डँडेल्नामा तीन्चाडा लोला उठेर म असोस्थे छु अ‍ैंले । ती लोलाको एक्सराई आजै नगरी भा छैन । हजुरसित रुप्पे छन् भने एक हज्जार जति किर्पा होस् न रामदुलारीले चाल नपाई ।” मैले एति बोली गिराई सक्ता-नसक्तै उनले घ्याप्प दशोटा सहेका लोठ मेरा हातमा थमाइहाले, हेर्ने हए । अनि म तुरुन्ताको तु त्याँड थुरुक कैलु बेहारीले यो लक्डाहुन् सिजन लाग्दादेखुन उस्को छाप्रे घरभित्र उस्को बेडुम र उस्की उन्मत कोरली साली रामप्यारी …. तो रामप्यारी पनि एक्कल मुसीकी आमा र मेरी रामदुलारीभन्दा कम खँदिली डँडाक काँ छे र ….. तेस्का सुत्ने बेडुममा समेत म जइसो इजोतद्दार सिन्यार पत्रकार समेत गर्ने पर्तिस्टित जेन्टिलम्यानका लागि चलाइराख्या भट्टी हुटेलमा पुगें । त्याँ पुगेसि ठूल्ठूलो सोरले शुरुको इस्टाटमै दुई बदल कोदोप्याट्रा–खुदीप्याट्रा ब्रानको जङ्गे झोल, बोइलारका जाँते–कलेजाको भुट्टन एक पिलेट र बोइलारकै चार्टा खुट्टा पोल्न ला’र चाइँनेकेरे खान थाल्या राती अबेर बार–तेर बजीसम्म कति खाइएछ कति ! त्याँड घरतिर आउन भन्‍र निस्किन त निस्कें नि, मेरो दिमाखको किड्नी लक्डाहुन् भ’छ र अलि ओर्तिर ढल फुटेको हिलो फट्केर हिन्नु पथ्र्यो । तेस्ता ट्याममा ग्वाम्मै पसिएछ र सर्खारी लक्डाहुन्‌लाई चाइलेन गरेर …. दिमाखको किड्नी मात्तै के मेरो शरीरको होल बडी नै लक्डाहुन् भछ र म हाइसन्चो मानेर घनघोर निदाँछु पो । अ‍ैले बेहान बिम्जिंदा मैले आफ्लाई तेस्तो भेटें । पुछपाछ सकेसम्म गरेकै हुँ क्यारे …. पस्सिउँ नेपालमा निम्रला पन्थको सुराल पखाले झ्याइँ पखाल्दिने कोइ भा पो काँ–काँ के–के लागो भन्ने टोट्टल किल्लेर हुन्थ्यो त । ….. कि तपाईँ तपाईँका सफ्फा कपडा फेर्न दिन्छौ र मेरा कपडा डाइकिलिन गर्दिन्छौं ? ….. तपाईँ अकम्रेट जस्ता बिकामेले के तेति गर्थेउ । ….. हामेरले एस्ता–एस्ता कट्टु अनुभौ गरी–गरी तपाईंहर्लाई सिक्लाई टेरनिङ गराउँदा अ‍ैलेसम्म तपाईंहर्ले लगम्टी अनुभौ पनि गर्या भा त थुक्क ! हामेरले एसरी अन्नेकउँ दुख्खकस्ट खपेर देशमा सम्बिर्दि लेराउँदा र हामेरू–हामेरू सुखी नेपाली बन्दा तेस्को पसम्सा गर्नु पथ्‍र्यो पर्थेन हँ ? …. खाली आर्काको खुबिलिटीको आरिस गरेर हामेरको बौमतको सर्खारले केइ गरेन भन्‍र खाली हिलो छ्याप्ने ? ….. म ती तेसरी होल बडी लक्डाहुन् भ’र निँदाका ट्याममा पत्तैपच्छेले हिलो छ्यापेर पनि बेजोत गरेको नहुने के ग्रान्टी छ ? ….. बोल न हउ, किन बोल्दौन ? …. कि नामर्दी होउ भने कान समा’र उठ्बस गर । ….. कस्ता बेकुप इ त, थुक्क !”

उनका सिक्सिको लाग्ने कुरा सुनेर वाक्क लागेका बेला मेरो अनुहारतिर गन्धे छिटा पर्नेगरी बरण्डामै थुक्न पनि थालेपछि मेरो धैर्य टुट्यो र मैले झम्टेर उनको किलकिले समेत कठालो समाएर घोक्‌रयाउँदै लगें र आँगनको गेटबाहिर गलहत्याउँदै भने — “फोहोरी !” …