संस्थागत विद्यालय शिक्षक युनियनको माग : राहत, पेस्की वा तलब

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को प्रदेश १ को बृहद अन्र्तक्रियात्मक भेलाले ६ बुँदे घोषणा पत्र जारी गर्दै वर्तमान शैक्षिक अन्यौल अन्त्यका लागि मार्गदर्शन जारी गरेको छ ।

इस्टु प्रदेश न.१ ले आयोजनामा गरिएको बृहद अन्र्तक्रिया “वर्तमन निजी शैक्षिक समस्या र संगठनको भावी रणनीति” वारेमा भिडियो जुम मार्फत सम्पन्न गर्दै ६ बुँदे घोषणा पत्र सहित समस्या समाधानका लागि मार्गदर्शन जारी गरेको हो ।

प्रदेश अध्यक्ष यादव अधिकारिको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यमा केन्द्रीय पदाधिकारी सहित प्रदेश एक का इस्टुका विभिन्न समितिका नेतृत्वमा रहेका पदाधिकारीहरूको अन्तरक्रियाले निम्न अनुसारको प्रतिबद्धता सहितको मार्गनिर्देश घोषणा पत्र जारी गरेको छ ।

१. बालबालिकालाई सुरक्षित तरिकाले विद्यालयमा उपस्थित गराइ पठनपाठनको व्यवस्थापन गर्न सम्बन्धित ठाउँमा पहल गर्ने ।

२. शैक्षिक सत्र २०७६ को शिक्षक कर्मचारीको पारिश्रमिक तत्काल उपलब्ध गराउन सबै विद्यालयहरूलाइ पुनःअनुरोध गर्ने । यसबाट पनि समस्या समाधान नभए बैकल्पिक दवाबमुलक कार्यक्रम घोषणा गर्ने । त्यस पछिको अवस्थाको तलबका लागि केन्द्रीय प्याब्सन, एन प्याब्सन र अभिभावक संघसँंग भएको कुराकानी अनुसार सरकारलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउन सहयोग गर्ने । तर शिक्षक कर्मचारीलाई विद्यालय नखुलुन्जेल राहत, पेस्की वा तलब नियमित तरिकाले विद्यालयले उपलब्ध गराउँदै असहज परिस्थिति आउन नदिन सबै विद्यालय सञ्चालकलाई अनुरोध गर्ने ।

३. विद्यालय खुलेपछि सरकारको नीति निर्देशनको मातहतमा रहि सरोकार वाला संगठनहरूसंँग बसेर छलफल गरि समग्र समस्याको हल सामुहिक रूपमै खोजिने ।

४. यो बन्द अवधिमा कतिपय विद्यालयले शिक्षक कर्मचारी निस्कासन गरेको पाइएकाले उक्त कार्य तत्काल रोक्नु पर्ने र निर्णय सच्याउन पर्ने छ । त्यसो नगरिए तत् तत् विद्यालय केन्द्रीत आन्दोलन अघि बढाउने ।

५. शिक्षक कर्मचारीले राज्यलाई नियम अनुसार कर तिरेको तर राज्य अहिले निजी विद्यालयका शिक्षक कर्मचारी प्रतिको दायित्वबाट भाग्नखोजी उदासिन रहेको अवस्था अन्त्य गर्न सरकारसँग राहतको प्याकेज घोषणा गर्न माग गर्ने ।

६ एस.ई.ई. परीक्षा आन्तरिक मुल्यांकनको आधारमा गर्न सुझाब दिने लगायतका मार्गदर्शन सहित ६ बुँदे घोषणपत्र सार्वजनिक गरेको हो ।

सो अन्तरक्रियामा सहभागी नेतृत्व कताहरूले निजी विद्यालय संञ्चालकहरू शिक्षक कर्मचारीका समस्या सुन्न भन्दा आफ्ना गुनासा सुनाउन लागेको प्रति चिन्ता व्यक्त गरेका थिए । शिक्षक कर्मचारीको साथ नरहे संस्थागत विद्यालय भित्रका समस्या सुल्झाउन विद्यालय सञ्चालक एक्लैले नसक्ने सत्यलाई बिर्सन नहुने समेत सुझाव दिइएको थियो ।