एम्बुलेन्सकी ‘एक्ली ’महिला चालक

बाँस्ताकोटीको साहसिक कार्यको प्रशंसा

विष्णु सुब्बा

दमक । कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमणले विश्वभर महामारी फैलिरहेको वेला झापा, दमककी एक एम्बुलेन्सकी महिला चालकले उच्च साहसका साथ आफनो जिम्मेवारी सम्हालिआएकी छन् । दमक ३ मा एक बृद्धमा देखिएको कोरोना भाइरसको संक्रमण पछि यहाँका एम्बुलेन्स चालकहरु त्रसित भईरहेको वेला उनी भने बढो साहसका साथ विरामी ओसारपसार गर्न तल्लीन छन् । एम्बुलेन्सको चालकमा रुपमा यसरी महिलाले काम गरेको भने उनी नै संभवत पहिलो हुन् । अन्य क्षेत्र जस्तै एम्बुलेन्स कुदाउने पेशामा पुरुष मात्र छन् । दुई वर्षदेखि दमकमा एम्बुलेन्स कुदाउदै आएकी उनै चालक अहिले सवैको स्यावासीसंगै चर्चाकी पात्र बनेकी छन् । दुई वर्ष अघि एम्बुलेन्स कुदाउदै आएपनि अहिले उनको परिचय झांगिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमित विरामीलाई आफनो एम्बुलेन्समा राखेर अस्पतालसम्म पुरयाँएपछि सामाजिक सञ्जालमा छाएकी हुन् । दमक १ घर भएकी उनै एम्बुलेन्स चालक लिला बस्ताकोटी एकाएक समाचारसंगै सामाजिक सञ्जालकी पात्र बन्न पुगिन् ।

चालकको जिन्दगीनै सधै जोखिम सहनु पर्ने, अहिलेको भयाभय यस त्रासले चालक बास्ताकोटीलाई नविर्सने पिरलो वनाएको बताईन् । यस्तो जोखिममा उनले आफनो जिन्दगीनै वाजी मारेर एम्बुलेन्स कुदाएको उनको भनाई छ । उनले भनिन्, ‘त्यस संक्रमित लैजान दुई वटा पीपीइ (स्वास्थ्य सुरक्षा सामाग्री ) लगाएर कुदाए ।’ यत्रो जोखिमयुक्त जीवन त पार गरेर आएँ भने योबेला मैले आफ्नै साहसी कदम देखाउने बेला हो भनेर नै उनले संक्रमित विरामीलाई विराटनगर ल्याएको सुनाईन् । दिनरात विरामी ओसारपसार गरिआएको चालक बस्ताकोटीले भनिन् ,–‘दिनमा भन्दा रातका समयमा एम्बुलेन्स चलाउन सुरक्षाका हिसावले संवेदनशील भएकाले पनि त्यस्ता वेला सर्तक हुन्छु ।’

बाँस्ताकोटीले दमक नगरपालिका र दमक अस्पतालले सञ्चालन गरिआएको मे.१ ज. १८४ नम्बरको एम्बुलेन्स चलाउदैआएकी छन् । त्यसभन्दा अघि दमककै भारतीय गोर्खा भुपू सैनिक संगठनको समेत वर्ष दिन जति एम्बुलेन्स कुदाएकी थिइन् । त्यहाँ पारिश्रमिक थोरै भएपछि केहि समय देखि नगरपालिकाको एम्बुलेन्स कुदाउन थालेकी छन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले केहिदिन अघि आफ्नो फेसबुक टाइमलाइनमा उनै एम्बुलेन्स चालक बाँस्ताकोटीको साहसिक कार्यको प्रशंसा गर्दे स्यावासी दिएपछि उनी झनै चर्चाकी पात्र बन्न पुगेकी हुन् । उपप्रमुखको त्यही स्टाटसले गर्दा नै उनलाई धेरै शुभचिन्तक, पत्रकारहरु मात्र होइन्, नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी सांसद दमक निवासी महेन्द्रकुमारी लिम्बुको प्रंशसा संगै समाचारका लागि पात्र समेत बनिन्् ।

उनले नै दमक –३ का ६२ वर्षिय पुरुषको स्वाव परीक्षण पोजिटिभ देखिएपछि विरामीलाई राति ९ बजे नै दमक अस्पतालबाट विराटनगरको कोशी अञ्चल कोभिड अस्पताल पु¥याँएकी थिइन् । कोभिडको संक्रमित विरामी बोक्न सहजै एम्बुलेन्सले मान्दैनन् । यस्तो विपतमा पनि निर्धक्कका साथ सेवा दिन कुनै कन्जुस्याई गरेकी छ्रै्रनन् उनले । एम्बुलेन्समा संक्रमित लानु पर्ने फोन आएपछि मनमा अनेकौ कौतुहलता आयोे । ‘कतै त्यो संक्रमणले छोला भन्ने मात्र मनमा आउथ्यो’ गाडी कुदाएको यतिका समयमा पहिलोपटक उनमा कोरोनाको त्रास आउनु स्वाभाविक भएको भन्दै आखिर चित्त बुझाए । अनि रातीनै दमक अस्पतालबाट विरामी हालेर विराटनगर ल्याएको उनले बताईन् । उनले भनिन् , –‘एम्वलुेन्स चालकले विरामी हेरेर पन्छिन मिल्दैन्, झनै यस्तो वेला सुरक्षित सेवा पुरयाँउनु हामी एम्बुलेन्स चालकको कर्तव्य पनि हो । ’ दिनरात विरामी ओसारपसार गरिआएको चालक बस्ताकोटीले भनिन् ,–‘दिनमा भन्दा रातका समयमा एम्बुलेन्स चलाउन सुरक्षाका हिसावले संवेदनशील भएकाले पनि त्यस्ता वेला सर्तक हुन्छु ।’

संक्रमित विरामी बोकेपछि नजिकै रहेको घरसम्म जान सकेकी छैनन् । समाजमा अझै कुरा काट्ने चलन छ, परिवारलाई झनै पीडा हुन्छ होला भनेर घरसम्म नगएको उनले वताईन् । बुझनेले त बुझलान,नबुझनेले त भाइरस लिएर आईन् है भनेर सोच्लान भनेर घर समेत नगएको उनको बुझाई छ । हप्ता दिन हुन लाग्यो, त्यो विरामी बोके पछि अस्पतालमा नै बास वसाएको सुनाईन् उनले । आफूमा संक्रमण भएपनि घरका बुबा,आमालाई नफैलियोस भनेर संक्रमणको प्रभाव रहिञ्जेल अस्पतालको एक कोठामा बसाई रहने तय गरेकी उनले वताईन् । संक्रमित विरामी एम्बुलेन्समा चढाएका कारण कतिपयले उनलाई तुच्छ व्यवहार गरेको समेत चालक बस्ताकोटी वताँउछिन् । तर त्यस्ता टिप्पणी प्रति उनलाई कुनै ग्लानी छैन् । भन्छिन्, –‘ यो विपदका बेला यस्ता अनेकौ समस्या झेल्नु पर्छ, त्यसलाई स्वाभाविक लिएकी छु । ’ अस्पतालको बसाई एम्बुलेन्सको दैनिकीले झनै कर्मशील बनाएको छ उनलाई ।

दमक बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह पूरा गरेपछि थप अध्ययन गर्न घरायसी अवस्थाले साथ दिएन । आफै काम गर्दे अध्ययन गर्ने निधो गरेर काठमाण्डौ भासिएका उनले त्यहाँ सजिलै भने जस्तो अवसर पाईनन् । नोकरीका लागि प्रहरीमा पनि भर्नाको लाइनमा उभिएको उनले सुनाइन् । तर तीन दिनको उमेरले साथ नदिएपछि उनले अटो चलाउन कसिस्ए । एउटा संस्थाले तालिमको लागि अवसर सृजना गरेपछि चालक वनेकी वताईन् । काठमाण्डौमा ५,६ वर्ष अटो चलाए । अर्काको अटो चलाएर स्वालम्बी वनेको त्यो क्षणले चालकको पेशामा विस्तारै निर्भर वनाउन थालेको उनले सुनाईन् । पछि दुई वर्ष जति सुदुर पश्चिममा अन्तराष्ट्रिय संस्था यूएनडिपीको समेत गाडी कुदाएकी थिइन् । त्यो प्रोजेक्ट वीचैमा सकिएपछि उनी आफनै ठाँउमा फर्किइन् । धेरैले अटो कुदाउन सल्लाह दिए,तर अटो भन्दा अन्य गाडी कुदाउने सोचाई राख्दै आईन् । त्यही वेला एम्बुलेन्स कुदाउन थालेकी हुन् । वर्ष दिन अघि मात्र उनले नगरपालिकाको एम्बुलेन्स चलाउने अवसर पाईन् । त्यो अवसर क्याम्पसकी आफनी पूर्व गुरुआमा समेत रहेकी उनै दमक नगर उपप्रमुख अधिकारीको सहयोगवाट पाएकी थिइन् । शुरुमा त एम्बुलेन्सको चालक महिलाले सक्दैनन् होला भन्ने उहाँहरुको आशंका थियो तर मैले देखाएको प्रस्तुतिले एम्बुलेन्स चलाउन अवसर पाएको उनले वताईन् ।

एम्बुलेन्स सेवा उसै संवेदशील मानिन्छ , त्यसमा महिला । तर एक बर्षको दौडानले बास्ताकोटीलाई पेट पाल्नको लागि रोजीराटी संगै कर्तव्य पनि सिकाएको जस्तो लाग्छ । उनले भनिन्, ‘यो बेला निकै अहसज परिस्थिति छ तर पनि जोखिम उठाउएर पनि सेवा दिन कन्जुस्याई गरेको छैन् । यसरीनै एम्बुलेन्सको सेवा दिदैआएको छु’

निडर तथा साहसिक स्वभावकी चालक बास्ताकोटीले यो संकटको समयमा पनि निडरपूर्वक सेवा पुरयाँउने कार्य प्रशंसनीय भएको दमक नगर उपप्रमुख गीता अधिकारी वताँउछिन् । महिलालाई सधै कमजोर ठान्ने प्रवृतिलाई चुनौती दिने काम गरेकी वताउदै उनले भनिन् ,–‘चालक आफैमा संवेदनशील पेशा हो । बास्ताकोटीले आफनो परिवार धान्ने मात्र पेशा नगरी हाम्रो सिंगो समाजका प्रेरक हुन् ।’ दमक ८ निवासी प्रतिनिधिसभाकी सांसद महेन्द्रकुमारी लिम्बुले पनि महिला एम्बुलेन्स चालक बास्ताकोटीले यो महामारीमा पनि सेवा दिदैआउनु अत्यन्त प्रशंसनीय काम भएको वताईन् ।लिम्बुले हौसला बढाउन उनलाई रु ४ हजार नगद सहित पुरस्कृत गरेकी थिईन् ।