नेकपाको आज बस्दै छ सचिवालय बैठक : नेकपा वृतमा तरंग
दाहाल र नेपालको प्रस्ताव तयार : ओलीले अडान कायम नै राख्ने
सबै गुटका गुटगत भेला र छलफल जारी
प्रधानमन्त्री ओली : बिरोधी तह लगाउन संबैधानिक निकाय परिचालनको तयारी
यतिखेर देश करोना भाइरसको संक्रमणको भूमरीमा फँसेको छ । आम जनाता कोरनाको प्रकोपको त्रासले ग्रसितछन् भने सत्तारुढ दल कुर्सीको लुछाचुँडीको खेलमा ब्यस्त छन् । यो, सम्पूर्ण नेपालीका लागि त दुर्भाग्यपूण बनेको छ नै अन्तर्राष्ट्रिय समुदायका लागिपनि आश्चर्यपूर्ण बिषय बन्न पुगेको छ ।
यो घडीमा, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभिको बिबाद, चरमोत्कर्षमा पुगेको छ । बिबाद चुलिएपछि आ–आफ्नो गुट बलियो बनाउन दुबै पक्षको कसरत जारी छ । यस खेल अन्तर्गत प्रधानमन्त्री ओलीलाई हटाउन हिजो नेपाल निबास कोटेश्वरमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १३ जना स्थायी समिति सदस्य बसेर प्रस्ताव तयार पारेका छन । आजको सचिवालय बैठकमा राख्ने सर्वसम्मत प्रस्ताव तयार पारेका छन ।
अपरान्ह ३ः०० देखि ५ः०० बजेसम्म बसेको बैठकले प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने हो भने ओलीले आज राजीनामा दिनुपर्ने कामचलाउ प्रधानमन्त्रीका रुपमा रहनुपर्ने र आगामी दुई महिनाभित्र निर्बाचनबाट ल्याएर प्रधानमन्त्री बनाउन लिखित निर्णय गर्नुपर्ने पस्ता तयार गरेको स्रोतले बताएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्र्टीिभत्र बिबाद चुलिएपछि आआफ्नो गुट बलियो बनाउन दुबै पक्षको कसरत जारी छ । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट प्रधानमन्त्री केपी शर्मा ओली ‘ब्याक’ भएपछि सचिवालय बैठक बोलाउने र त्यसमा आफ्नो पकड कसरी बलियो बनाउने भन्नेमा अहिले कसरत जारी छ ।
प्रधानमन्त्री बिरोधी तह लगाउन संबैधानिक निकाय परिचालनको तयारीमा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएपछि दुबै पक्षका नेताहरु आ–आफ्नो पक्ष बलियो बनाउन रस्साकस्सीमा लागेका छन । आज बस्ने सचिवालय बैठक बस्ने भएपछि प्रधानमन्त्री ओली कुनै पनि हालतमा राजीनामा नदिने पक्षमा छन । यसैबीच, आफ्नोबिरुद्ध लाग्ने नेतालाई तह लगाउने उपायहरुको खोजीमा रहेका ओलीलेस, हिजो बेलुकी ९ः०० बजे अख्तियार प्रमुख नवीन घिमिरेसँग भेटघाट गरेका छन ।
सरकारमाथि अविश्वास आएको र आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग आएका बेला संबैधानिक निकायका प्रमुखहरुलाई भेटेर आफ्नो प्रभावमा लिन खोज्नु भनेको आफ्नो अनुकुल उपयोग गर्न खोज्नु ने हो भन्न सकिन्छ । नत्र सरकार र संबैधानिक निकायबीच अन्य कुने किसिमको सरोकार राख्दैन ।
स्रोतका अनुसार, आज सचिवालय बैेठकमा आफूमाथि राजीनामा दिनैपर्ने दवाव आए प्रचण्डबिरुद्ध अख्तियारमा रहेको तत्कालीन युबा संघका अध्यक्ष महेश बस्नेतले हालेको लडाकू शिविरमा भएको अनियमितता छानविनको फायल अगाडि बढाउने र प्रचण्डलाई जेल पठाउने खेल रहेको जनाइएको छ भने माधवकुमार नेपालले आफ्नो अडान यथावत राखे ललिता जग्गा प्रकरणमा पुरक मुद्धा हाल्ने तयारी गरिएको छ यही तयारी अनुरुप यसअघि नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटिसकेका छन ।
नत्र सामान्यतया प्रधानमन्त्रीले संबैधानिक निकायका प्रमुखहरुलाई प्रधानमन्त्रीले भेटिरहनुपर्ने आवश्यक्ता रहँदैन । संबैधानिक ब्यबस्था अनुसार सामान्यतया अख्तियार प्रमुखले राष्ट्रपतिलाइ उनीहरुको बार्षिक प्रतिवेदन बुझाउने बेलामा बाहेक अरू बेला कुनै कायर्कारीलाइ भेट्न आवश्यक छैन । सामान्यतया भेटघाट गर्दा कार्यालय समय नै हो । रातको समयमा संबैधानिक निकायका प्रमुखहरुलाई भेट्नु भनेको अस्वाभाविक ने मानिन्छ । यसले गर्दा राज्य सञ्चालनमा शक्ति सन्तुलनका मूलभुत मान्यता नै मरेका छन ।
प्रधानमन्त्रीमाथि दबाब बढाउन गुटगत भेला र छलफल
गत बुधबार बसेको सचिवालय बैठकले ठोस निर्णय नगरेपनि प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकीएपछि आफुले राजीनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि अहिले नेकपा वृत तरंगित भएको छ । आजका लागि तोकिएको बैठकअघि अहिलेपनि सबै गुटका गुटगत भेला र छलफल जारी रहेका छन् । शुक्रबार दिनभर र रातिसम्म यस्ता छलफल र भेटघाट भएका छन् भने त्यो क्रम शनिबार बिहान सम्म जारी छ । नेताहरुको आपसी भेटघाट र संवादका बीचमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।
उनले यसबीचमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रचण्ड र माधवकुमार नेपाललाई भेटिसकेका छिन् । बुधबारको बैठकमा औपचारिक रुपमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ । शुक्रबार माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरुको भेलाले आजको बैठकले स्थायी समिति बैठक बोलाउनु पर्ने तथा बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावलाई थप स्पष्ट गर्नुपर्नेमा जोड दिएको छ ।
प्रचण्डसमेत उपस्थित सो भेलामा प्रधानमन्त्री ओलीलाई हटाउन थप रणनिति बनाएको बुझिएको छ । भेलापछि नेता भीम रावलले प्रधानमन्त्री पक्षधरले सांसदहरुलाई धम्क्याउने र हस्ताक्षर अभियान चलाएकोले आफुहरुले पनि नयाँ रणनिति बनाउने भन्ने विषयमा छलफल भएको बताएका छन् ।
गुटगत भेला र बैठकका बीच शिर्ष नेतृत्वलाई पार्टी नफुटाउन समेत दबाब दिइएको छ । यसरी हेर्दा प्रधानमन्त्री ओलीमाथि चौतर्फी दबाब बढेको देखिएको छ । पार्टीका सबै तहमा अल्पमतमा रहेका ओली संसदीय दलमा पनि ढुक्कसाथ बहुमतमा नरहेको देखिएका बेला नेकपा र सरकार दुवैका लागि आज साँझ बस्ने सचिवालय बैठक निर्णायक देखिएको छ ।